Sep 26, 2023

राजतन्त्र र संघीयताबारे ओलीको प्रष्टिकरण

Feb 05 , 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू गणतन्त्र र संघीयतालाई कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन्।

नेकपाको ओली समूहले शुक्रबार नारायणहिटी दरबारअगाडि आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले कतिपयले आज बिहानसम्म पनि ओलीले राजतन्त्र फर्काउँछ रे भन्ने हल्ला फैलाएको बताए।

‘केपी ओलीले राजतन्त्र फर्काउने रे! जसले राजतन्त्र फाल्नका लागिका जेल बसेको छ। त्यसले राजतन्त्र फर्काउँछ। हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्दै अघि बढ्छौं,’ ओलीले भने।

‘बिहानसम्म पनि लैनचौरतिर हिँड्नेहरुले राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले भनेको सुनियो,’ उनले भने, ‘यो केपी ओली आधा दकश लोकतन्त्र स्थापना गर्न, आधा दशक सामाजीक न्याय र समानताका लागि लड्यो । यो केपी ओलीले राजतन्त्र फर्काउँछ रे ? हामीले लडेर संघीय लोकतान्त्रिक कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ ।’

उनले स्थानीय तहहरूले विकासमा बाधा नपुर्‍याएको पनि बताए।

यसअघि नारायणहिटी दरबारअगाडि ओलीले सभा राखेर उनले दिन खोजेको सन्देशबारे विभिन्न कोणबाट चर्चा भएको थियो।

अर्को कास्टिङ बुटवल र विराटनगरमा देखाउँदैछौं

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी र प्रदेश नम्बर १ मा पनि सभा गर्ने बताएका छन्।

फागुन १ गते बुटवल र ८ गते विराटनगरमा सभा हुने प्रधानमन्त्री ओलीले बताए।

‘अर्को कास्टिङ हामी बुटवलमा गर्दैछौं,’ उनले भने, ‘१ गते बुटवल र ८ गते विराटनगरमा अर्को सभा हुनेछ। म हाम्रा आलोचक मित्रहरूलाई मन थामेर बस्न आग्रह गर्दछु।’

प्रधानमन्त्री ओलीले आजको सभा इतिहासकै ठूलो भएको पनि दाबी गरेका थिए।

उनले देश बनाउन अब कसैले रोक्न नसक्ने पनि बताएका छन्।

हिंसा भड्काउन खोज्ने र उत्ताउला प्रयासलाई रोक्न शान्ति सुरक्षाका काममा खटेका सुरक्षाकर्मीलाई प्रधानमन्त्री ओलीले धन्यवादसमेत दिएका छन्।

हिजो गोंगबुमा जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ

प्रधानमन्त्री केपी ओलीले बिहीबार हड्तालका क्रममा जलाइएको ट्याक्सीको सरकारले क्षतिपूर्ति दिने बताएका छन्।

बीमा भएमा बीमामार्फत नभएमा सरकारले क्षतिपूर्ति दिने उनले बताए।

त्यस्तै हड्तालमा तरकारी फालिएका जनतालाई पनि क्षतिपूर्ति दिने उनले बताए। सभामा उनले भने ‘गरिबलाई हेर्ने सरकार छ, जनतालाई माया गर्ने सरकार छ, त्यसकारण जनता ढुक्क भए हुन्छ।’

नेपाल बन्दको नाममा जनतालाई दुख दिने काम मान्य नहुने उनले बताए।

यसअघि हिजो बिहीबार प्रचण्ड–नेपाल समूहको आमहड्तालका क्रममा बिहान गोंगबुमा दुई जनाले प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका थिए।

सो ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको हो।

मांसाहारी आन्दोलन भनेको के चिकेन चिल्ली खाएर गर्ने आन्दोलन हो?

प्रधानमन्त्री केपी ओलीले ‘मांसाहारी’ आन्दोलनलाई नरभक्षीको संज्ञा दिएका छन्।

‘यहाँ कसैले नरभक्षी आन्दोलन गर्छु भन्ने नसोचे हुन्छ,’ उनले भने।

केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरूद्ध मांसाहारी आन्दोलन गर्नुपर्ने बताएका थिए।

‘उहाँहरू भन्दै हुनुहुन्छ, शाकाहारी आन्दोलनले भएन रे, अब मांसाहारी आन्दोलन गर्ने रे, त्यो भनेको के चिकेन चिल्ली खाएर गरौं भन्नुभएको हो?,’ उनले प्रश्न गरे।

Facebook Notice for EU! You need to login to view and post FB Comments!