May 31, 2023

ओली समूहको आमसभाका लागि पखालियो दरबार मार्ग सडक (तस्बिरहरू)

Feb 05 , 2021

नेपाल कम्युनिष्ट पार्टीको ओली समूहले शुक्रबार नारायणहिटी दरबारअगाडि आमसभा गर्दैछ।

उक्त समूहको बागमती प्रदेशले आयोजना गर्न लागेको आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने छन्।

सभाका लागि दरबारमार्गको सडक बिहानै पानीले पखालिएको छ। सभामा आउनेहरूका लागि घुम्ती शौचालयको पनि व्यवस्था गरिएको छ।

यसअघि हिजो दरबारमार्ग भएका डिभाइडर हटाइएको थियो।सभाअघि उक्त समूहले राजधानीका विभिन्न १६ स्थानबाट जुलुस निकाल्ने नेता महेश बस्नेतले जानकारी दिए। बिहान ११ बजेदेखि जुलुस सुरू हुनेछ।