Sep 21, 2023

आमहड्तालको प्रभाव रूपन्देहीमा, मुख्य मुख्य चोकमा बन्दकर्ता

Feb 04 , 2021

नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालको प्रभाव रूपन्देहीमा पनि परेको छ। बुटवल बजारका मुख्य मुख्य चोकमा बन्द आह्वानकर्ताहरु खटिएर आवतजावतलाई रोक लगाएका छन्।

मुख्य राजमार्गमा बन्दको प्रभाव देखिए पनि भित्री सडकमा भने साना सवारी साधनहरु चलेका छन्। शैक्षिक संस्थाहरु बन्द गरिएका छन्। भित्री सडकका पसलहरु छिटपुटरूपमा मात्रै खुलेका छन्।

बिहानैदेखि बुटवलको राजमार्ग चौराह र मिलनचोकमा सवारी साधनहरु रोकेर राखिएको छ। बुटवलको राजमार्ग चौराहमा नेकपाका केन्द्रीय सदस्य वामदेव क्षेत्री र राम प्रसाद बन्जाडे, पुरूषोत्तम घिमिरे, राजु गुरुङ्ग, निर्मल जिसि लगायतको नेतृत्वमा दाहाल नेपाल समूहका कार्यकर्ताहरु जम्मा भएर सडकमा गुड्ने साना सवारी साधनको चेकजाँच गर्ने गरिएको छ।

बन्द कर्ताहरुले मोटरसाइकल/स्कुटरलाई रोकेर चालकहरुलाई रोक्ने गरेका छन्। बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले राजमार्ग चौराहमा एउटा मोटरसाइकल र एउटा स्कुटर तोडफोड गरेको प्रहरीले जनाएको छ।

कतिपय मोटरसाईकलको चापी खोसेका थिए ।

सडकमा अवरोध सिर्जना गर्नेलाई पक्राउ गर्न भन्दै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको बताए पनि रुपन्देहीमा अहिलेसम्म कसैलाई गिरफ्तार गरिएको छैन ।

सधै भिडभाड हुने बुटवलको लुम्विनी बस टर्मिनल र भैरहवास्थित सिद्धार्थ बसपार्क सुनसान रहेको छ। भैरहवा र बुटवलबाट छुट्ने छोटो तथा लामो दुरीका कुनैपनि सवारी साधन सन्चालनमा आएका छैनन्।

बन्द मुक्त घोषणा गरिएको देवदह र तिलोत्तमा नगरमा समेत बन्दको प्रभाव परेको छ। रूपन्देहीको मणिग्राम कोटिहवा सालझण्डी, मुर्गियालगायतका बजारमा पनि बन्दको प्रभाव देखिएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!