Sep 26, 2023

युद्धमा कहिल्यै नहारेको देश, यत्रा-यत्रा डल्ला फ्याँक्दा किन हार्ने ? : प्रधानमन्त्री

Feb 02 , 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै ओलीले कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि जित्नु पर्ने बताए।

‘अंग्रेजको लडाइँ खुकुरीले जित्ने नेपालीले खेलमा किन हार्नु परेको छ र! फुटबलमा भकुन्डो हान्ने र क्रिकेटमा बलमा हान्ने त हो,’ उनले भने, ‘कहिल्यै उपनिवेश नबनेको, कहिल्यै नहारेको देश यत्रा-यत्रा डल्ला फ्याँक्दा किन हार्ने?’ उनले खेलमा हुने जित र हारको ठूलो अर्थ हुने बताए। अन्य क्षेत्रमा पनि जित र हारको विषय ‘इगो’ बन्ने गरेको बताए। संसद विघटन पनि जित र हारको विषयमा केन्द्रीत भइरहेको उनको भनाइ छ

‘संसद विघटन पनि जित र हार विषय बनिरहेको छ। संसद भंग भइसक्यो। चुनाव आउन लागिसक्यो। केही मानिसहरू चुनाव हुन्न भनिरहेका छन्। केहीका लागि होइन। जिते भन्ने पार्नका लागि। चुनावै गएर जित्ने ठाउँ छ नि। तर यो फिर्ता गराउन पाए मेरो जित हुन्थ्यो भन्ने छ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!