Oct 22, 2021

अग्नि खरेलले भने- म संवैधानिक दायित्व पूरा गर्न बहसमा छु

Feb 01 , 2021

महान्यायाधीवक्ता अग्नि खरेलले आफू महान्यायाधीवक्ताका रूपमा संवैधानिक दायित्व पूरा गर्न संवैधानिक इजलासमा बहसमा बसेको बताएका छन्।

खरेल अहिले सरकारको तर्फबाट प्रतिनिधि सभा विघटन जायज भएको ठहर्‍याउन सरकारको पक्षबाट बहस गर्दैछन्। जबकि संविधान निर्माणका बेला उनले प्रतिनिधि सभा विघटन हुन नसक्ने धारणा राखेको पुरानो भिडिओ समेत सार्वजनिक भैसकेको छ।

इजलासमा सरकारको तर्फबाट बहस गर्न उभिएका खरेलले कतिपय रिट निवेदकले आफूले कसरी बहस गर्ला भनेर प्रश्न गरेको विषय उठाए।’पटक/पटक विपक्षी विद्वानले महान्यायाधीवक्ताले कसरी बहस गर्नुहोला भनेर चिन्ता व्यक्त गर्नुभयो। म यहाँ बहस सुनेर बस्दा मैले नेपालका एक चर्चित प्रधानन्यायाधीशलाई सम्झिएँ, विश्वनाथ उपाध्याय। जो २०४७ सालको संविधान मस्यौदा समिति संयोजक हुनुहुन्थ्यो, २०५१ सालको गिरिजा प्रसाद कोइरालाले गरेको संसद विघटन र २०५२ सालको मनमोहन अधिकारीले गरेको विघटनबारे निर्णय गर्नु भएको छ। उहाँले संविधान लेखन र व्याख्या गर्नुभो। निर्माण गर्दा अलग मान्यता हुने रहेछन्। व्याख्याको बेला अलग-अलग धारणा आउने रहेछन्’, खरेलले भने, ‘म संवैधानिक दायित्व पूरा गर्न बहस गर्न आएको छु। इजलासमा र बाहिर मैले पहिले गरेको विघटन कसरी हुन्छ भन्ने भिडिओ आएको छ। मैले भनेकै हो तर त्यसमा बहुमत प्राप्त गर्ने सरकारले विघटन गर्न सक्दैन भनेको छैन। मैले त्यो बेला दिएका अभिव्यक्तिले यो मुद्दाले प्रभावित गर्दैन। अहिले प्रधानमन्त्रीको कदम संविधान बमोजिम, कानुनबमोजिम र हाम्रा अघिका अभ्यास बमोजिम छन्।

यी पनि :

 

रमण श्रेष्ठलाई अग्नि खरेलको ‘काउन्टर’ : तपाईं महान्यायाधीवक्ता भएको सूचना अझै अपलोड भएकै छैन

न्यायाधीशको महान्यायाधीवक्तालाई प्रश्न – यो सरकार बहुमतको हो कि के भन्ने?