Jun 23, 2021

लगानी गर्न रहनुहोस् तयार, हात खाली नजाने आईपीओ भोलीदेखि खुल्दै

Jan 14 , 2021

काठमाडौं : हाल सम्मकै ठूलो आईपीओ भोली (शुक्रबार) देखि खुल्ने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि माघ २ गते (शुक्रबार) देखि हालसम्मकै ठूलो साधारण शेयर निष्काशन गर्नेभएको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गरेको हो ।

बैंकको जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । आईपीओ भर्ने सबैले पाउने छ ।

कुल निष्काशित आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता तथा कर्मचारीहरुका लागि ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता शेयर छुट्टाएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा आउनेछ ।

बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । यस्तै नागरिक लगानी कोषले आईपीओ प्रत्याभूती (अण्डरराइट) गरेको छ ।