May 31, 2023

सिरहामा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण

Aug 22 , 2020

सिरहामा मृत्यु भएका १ वृद्धमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका-४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना पाजिटिभ देखिएको हो ।

ती पुरुषको २ भदौमा गाउँमै स्वाब संकलन गरिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी रहेका स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए ।

उनका अनुसार स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको ३ भदौमा मृत्यु भएको थियो । यो सँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।