Mar 31, 2023

सिन्धुपाल्चोकमा पहिरोः १३ घर पुरिए, दर्जन बढी बेपत्ता

Aug 14 , 2020

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ को लिदीमा शुक्रबार बिहान भीषण पहिरो गएको छ।

लिदीको लामा टोलमा बस्ती माथिबाट आएको पहिरोले १३ वटा घर पुरिएका छन् भने दर्जन बढी मानिस  बेपत्ता भएका छन्।

गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले बिहान साढे ६ बजेतिर पहिरो गएको जानकारी दिए।

‘पहिरो बलेफी खोलासम्म आइपुगेको छ। हामीलाई प्राप्त पछिल्लो जनाकारी अनुसार ५ परिवारका मानिस बेपत्ता भएका  छन्, जसमा ३ परिवारका १३ जना बेपत्ता भएको सूचना हामीलाई छ। थप विवरण आउँदैछ’, उनले भने।

पहिरोबाट २५ परिवार प्रभावित भएका छन्। अहिले पहिरोमा परेकाको उद्धार कार्य भइरहेको उनले बताए।

Facebook Notice for EU! You need to login to view and post FB Comments!