Sep 22, 2023

बिहीबार थपिए कोरोनाका ५ सय २५ संक्रमित, थप ४ को मृत्यु

Aug 13 , 2020

बिहीबार मुलुकभर कोरोनाका ५ सय २५ संक्रमित थपिएका छन्। उपत्यकाका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ५ सय २५ संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।

विगत २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन्। यीसहित हालसम्म १६ हजार ८ सय ३७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

विगत २४ घण्टामा ९ हजार बढीको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ८३ हजारकाे पिसिआर परीक्षण भएकाे छ।

विगत २४ घण्टामा ४ मृतकमा कोरोना पुष्टि भएको गौतमले जानकारी दिए।

मोरङका ५७ वर्षीय पुरुषको कोशी अस्पतालमा, महोत्तरीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा, धनुषाकी ८५ वर्षीया वृद्धाको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अछामका १८ वर्षीय युवाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।

कोरोनाका कारण हालसम्म मृतकको संख्या ९५ पुगेको छ। मृतकमध्ये ७३ जना पुरुष र २२ जना महिला छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!