पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ४ सय ८४ संक्रमित
Aug 12 , 2020

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा ४ सय ८४ जना कोरोनाका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत सो संख्याका संक्रमित थपिएको जानकारी दिए।
काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ललितपुरमा २१ र भक्तपुरमा ८ जना छन् भने बाँकी १०९ जना काठमाडौंका रहेका छन् ।
बुधबार थपिएकासहित मुलुकभर हालसम्म कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। हालसम्म कोरोनाबाट १६ हजार ७ सय २८ जना निको भइ घर फर्किका छन्। हालसम्म ६८ प्रतिशत कोरोनाबाट निको भएका छन्।
हालसम्म ९१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।