Sep 22, 2023

मंगलबार थप ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि

Aug 11 , 2020

मंगलबार देशका विभिन्न ठाउँमा ६ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन्। संक्रमितमध्ये उपत्यकामा मात्रै १३४ जना रहेका छन् । सोमबार जम्मा ४२ जना संक्रमित थपिएकोमा मंगलबार उपत्यकमा तीन गुणाभन्दा बढी संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६ सय ३८ जना संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ७१ जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्।

यीसहित हालसम्म १६ हजार ६ सय ६४ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा १० हजार ४ सय ६२ को पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ६२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार आज कोरोनाका संक्रिय संक्रमितको संख्या ७ हजार २ सय १ छन्।

त्यस्तै, ८३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!