Mar 19, 2023

काठमाडौं उपत्यकामा थपिए ९२ कोरोना संक्रमित

Aug 09 , 2020

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको कुल संख्या ११ सय ३६ पुगेको हो । काठमाडौंमा ९ सय १२, ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आइतबार देशभर ३८० जना संक्रमित थपिएका छन् भने कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४० संक्रमित डिस्चार्ज भएका छन् । योसँगै संक्रमण निको हुनेको कुल संख्या १६ हजार ३५३ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबार प्रदेश नम्बर १ मा ५ सय ११, प्रदेश नम्बर २ मा ३ हजार ७५, बागमती प्रदेशमा ११ सय ३१ र गण्डकी प्रदेशमा २ सय ३७ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ४६, कर्णाली प्रदेशमा १ सय ६९ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७४ गरी देशभरी ६ हजार ५ सय ४४ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।

अहिले देशभरीका क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् । आइतबार पीसीआर विधिबाट ८ हजार ५ सय १५ गरी ४ लाख ४३ हजार ८ सय ४ जनाको कोरोना परीक्षण भएको छ ।