Sep 26, 2023

निजी अस्पताललाई आइसोलेसन सेन्टर बनाउन काठमाडौं प्रशासनको गृहलाई पत्राचार

Aug 07 , 2020

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा रहेका निजी अस्पतालहरूलाई आइसोलेसन सेन्टरमा रूपान्तरण गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकपछि काठमाडौंका सिडिओ जनकराज दाहालले निजी अस्पताललाई कोभिडका बिरामी राख्ने आइसोलेसन सेन्टर बनाउन प्रस्ताव पठाइएको बताए।

‘गृह मन्त्रालयमार्फत् हामीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा सिफारिस गरेका छौं’, दाहालले भने, ‘पालिकाहरूमा रहेका क्वारेन्टिनलाई पनि हामीले आइसोलेसन सेन्टर बनाउन प्रस्ताव गरेका छौं।’

उनले निजी अस्पताललाई आइसोलेसन बनाउने स्वीकृति कुरिरहेको बताए।

साथै, आइसोलेसन सेन्टरको माग बढिरहेको उल्लेख गरे। शुक्रबारमात्र राजधानीमा १ सय ६ जनामा कोभिड–९ देखिएको छ। लकडाउन खुलेलगत्तै काठमाडौंमा संक्रमितको संख्यामा वृद्धि भैरहेको छ।

हालसम्म काठमाडौंमा ६ सय ७४, भक्तपुरमा ७८ र ललितपुरमा १ सय २४ जनामा संक्रमण देखिएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!