Sep 26, 2023

काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिए

Aug 06 , 2020

काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस व्रिफिङमा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै आज देशभर ३६० जना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा २ सय ३३ जना कोरोनामुक्त भई घर फर्किएका छन्।

प्रवक्ता गौतमले हालसम्म १५ हजार ३ सय ८९ जना कोरोनाबाट निको भएको जानकारी दिए।

विगत २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख १९ हजार बढीको पिसिआर परीक्षण भएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!