Sep 26, 2023

बुधबार थपिए कोरोनाका ३ सय ८१ संक्रमित

Aug 05 , 2020

बुधबार देशका विभिन्न ठाउँमा कोरोनाका ३ सय ८१ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका नयाँ संक्रमित भेटिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा १ सय ३० जना कोरोनामुक्त भई घर फर्किएका छन्। प्रवक्ता गौतमले हालसम्म १५ हजार १ सय ५६ जना कोरोनाबाट निको भएको जानकारी दिए। हालसम्म ७०. ८ प्रतिशत निको भएका छन्।

विगत २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख १२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

त्यस्तै मृतक ६० जनामा कोरोना पुष्टि भएको छ। मृतकमध्ये पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना पुष्टि भएको हो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!