Oct 25, 2021

ट्राफिक महाशाखाका प्रमुखसहित ३ सय ७५ जना प्रहरी क्वारेन्टिनमा

Aug 02 , 2020

महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई जनामा कोरोनाभाइरसको संक्रमण देखिएपछि महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित ३ सय ७५ जनालाई क्वारेन्टिनमा राखिएको छ।

शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीमा संक्रमण देखिएको थियो। त्यसपछि महाशाखालाई सिल गरिएको हो। ‘दुई जनामा संक्रमण देखिएपछि ३७५ जना नै क्वारेन्टिनमा बसिरहेका छौं,’ महाशाखाका एक अधिकृतले भने। संक्रमित दुई जनालाई बलम्बुस्थित एपिएफ अस्पतालमा पठाइएको छ।

महाशाखाबाट स्वाब परीक्षणको लागि नामावली पठाइसकेको छ भने क्वारेन्टिन बसेका ट्राफिक प्रहरीको केही दिनमा मात्रै स्वाब परीक्षण गरिने स्रोतले बतायो।

३ सय ७५ जना क्वारेन्टिनमा बसेपछि ट्राफिक व्यवस्थापनको लागि सवारी चाप कम हुने ठाउँबाट झिकेर बढी चाप हुने ठाउँमा पठाएको महाशाखाले जनाएको छ।