विराटनगरमा शनिबारदेखि दुई साताका लागि फेरि लकडाउन

समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै विराटनगरमा शनिबारदेखि दुई साताको लागि पुनः लकडाउन घोषणा गरिएको छ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले संक्रमण समुदायमा फैलिएपछि लकडाउन गर्नुपरेको जानकारी दिए।
‘अहिले विराटनगरमा मात्र सयभन्दा बढी संक्रमित छन्। त्यसमा पनि ६१ जना संक्रमितको ट्राभल हिस्ट्री छैन। त्यसैले संक्रमण समुदायमा गइसक्यो भन्ने हो,’ उनले भने, ‘त्यसकारण भोलिदेखि लागू हुने गरी दुई साताको लागि लकडाउन गर्ने भनिएको हो।’ अब भोलिदेखि विराटनगरमा अत्यावश्यक सेवाबाहेक सबै कुरा बन्द हुनेछन्।
सरकारले कुनै साउन ७ गतेदेखि चार महिने लकडाउन अन्त्यको घोषणा गरे पनि संक्रमण बढ्दो देखिएपछि ठाउँ-ठाउँमा स्थानीय सरकारले भने निषेधाज्ञा जारी गरेका छन्। यसअघि स्वास्थ्य मन्त्रालयले कुनै जिल्लामा २ सय ‘एक्टिभ केस’ भए पूर्ण लकडाउन गर्न सकिने भनेको थियो।