Mar 19, 2023

पठाओका संस्थापकको मृत्यु, शरिर भेटियो टुक्रा टुक्रामा

Jul 16 , 2020

काठमाडौंः नेपालमा निकै चर्चित रहेको राइड शेयरिङ कम्पनी पठाओका संस्थापक मृत अवस्थामा फेला परेका छन् ।

पठाओका संस्थापक फहिम सलेहलाई सोमबार अमेरिकाको न्युयोर्कमा मृत अवस्थामा भेटिएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार उनको शरिरलाई टुक्रा टुक्रा अवस्थामा फेला पारिएको छ ।

सञ्चारमाध्यमले उनको हत्या भएको आशंका गरिरहेका छन् । तर, प्रहरीले भने यस बारेमा केही पनि बताएको छैन । आधिकारिक रुपमा अमेरिकी प्रहरीले केही नबताएको भएतापनि उनको मृत्युको अबरलाई उनी संस्थापक रहेको अर्को कम्पनी गाकोडाले पुष्टि गरेको छ ।

सलेहले सन २०१५ मा सुरु गरेको पठाओ अहिले नेपाल, बंगलादेश लगायतका देशहरुमा चर्चित रहेको छ ।

[ Source ]