Sep 26, 2023

शुक्रबारदेखि देशैभर भारी वर्षाको सम्भावना, आजैबाट सावधानी अपनाउन सुझाव

Jul 06 , 2020

काठमाडौं । आगामी शुक्रबारदेखि देशैभर भारी वर्षा तथा बाढीको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । मौसमविद्हरुले त्यसबाट बच्न अहिलेदेखि नै तयारी थाल्न पनि आग्रह गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले शुक्रबार मनसुनको न्यून चापीय रेखा नेपालनजिकै आइपुग्ने भएकाले मुलुकभर वर्षाको सम्भावना रहेकाले अहिलेदेखि नै सावधानी अपनाउन आग्रह गरे ।

उता, बाढी पूर्वानुमान महाशाखाले २६ असारदेखि २९ असारसम्म देशैभरका ठूला, मझौला र साना नदीमा ठूलो बाढीको सम्भावना रहेको जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!