Sep 30, 2023

वर्षात्ले गाउँका सडकको बिजोगः बिरामी र सुत्केरीलाई सास्ती

Jul 06 , 2020

काठमाडाैं–दुई दिनदेखिको लगातारको भारी वर्षात्का कारण जिल्लाका ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ ।

बर्सात्ले सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा अवरोध उत्पन्न भएको छ । जिल्लाका मौवा, मेल्लेक, केआइसिंह, वाइल, कपल्लेकी, गड्सेरा, मुभारा धुर्कोट र चवराचौतारा सडक अवरुद्ध भएका छन् ।

जथाभावी डोजर प्रयोग गरेर खनिएका जिल्लाका ग्रामीण सडकमा दुई दिनदेखि परेको वर्षासँगै सवारीसाधन गुड्न सकेका छैनन् । वर्षा शुरु हुनासाथ पहिरो खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको चालक बताउँछन् ।

गाउँपालिका, वडा कार्यालय, जिल्ला समन्वय समिति र निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगका उपभोक्ता समितिमार्फत मनपरी सडक खनिएका सडकमा पहिरो आउँदा अवरुद्ध बनेको कपल्लेका स्थानीयवासी रतन ऐरले जानकारी दिनुभयो । सडक ग्रेड नमिल्ने गरी साँघुरो खनिएको स्थानीयवासीको आरोप छ ।

यहाँका अधिकांश ग्रामीण सडकमा सवारीसाधन चलाउनै नमिल्ने गरी बिग्रिएको सायल गाउँपालिका डौड–१ का डिलबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ता समितिले मनपरी ढङ्गले काटेका सडक बेकाम भएका छन्, सवारीसाधन त के मान्छे हिँड्नसमेत मुश्किल पर्न थालेको छ ।

” यहाँका अधिकांश ग्रामीण कच्ची सडकमा हिउँदको ६ महिना मात्र सवारीसाधन सञ्चालन गर्न मिल्छ ।

हल्का वर्षा शुरु हुनासाथ ग्रामीण भेगको यात्रा पैदलमय हुने शैलेश्वरी यातायात व्यवसायी समितिका दिपायलका प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाटो लैजाने नाममा जथाभाबी डोजर लगाएर खनेका सडकमा पानी परेपछि पहिरो खस्ने, हिलाम्मे हुन्छन्, गाडी हाल्ने बित्तिकै दुर्घटना भइहाल्छ ।”

यहाँका अधिकांश ग्रामीण सडकमा सवारीसाधन चलाउन अति जोखिम छ । विनामापदण्डका ग्रामीण सडकमा ठूल्ठूला दर्जनौँ सवारी दुर्घटना हुँदासमेत स्तरोन्नतिका लागि खासै पहल हुन नसकेको स्थानीयवासीको आरोप छ ।

बजेट विनियोजन भएका ग्रामीण सडकमा समेत सरकारले रकम निकासा नदिँदा यहाँका ग्रामीण सडकको अवस्था जस्ताको तस्तै रहेको बोगटान फुड्सिल गाउँपालिकाका काँग्रेस नेता खडकबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारीस्तरबाट विनियोजन भएको रकम निकासा नदिँदा सडकको दुरवस्था छ, ग्रामीण सडकको स्तरोन्नति गर्ने हो भने पर्याप्त बजेट आउनुपर्छ ।”

जिल्ला समन्वय समिति, वडा कार्यालय र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु १० करोडभन्दा बढी खर्च यी सडकमा हुने गरेको छ ।

ती सडक प्राविधिकको वर्गीकरणमा ‘घ’ वर्ग र अति जोखिममा परेका छन् ।

वर्षा शुरु भएसँगै जिल्लाका ग्रामीण भेगका अधिकांश सडकमा सवारीसाधन गुड्न सकेका छैनन् । ग्रामीण सडक बन्द हुँदा उपचारका लागि आउने बिरामीका साथै सुत्केरीले दुःख पाउनुपरेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडीमा चढेको बानीले हिँड्न गाह्रो हुन्छ, गाउँघरमा कोही बिरामी प¥यो कि बोक्न समस्या हुन्छ ।

” डोटीका गाउँगाउँमा पछिल्लो केही समययता सडक पु¥याउने होडबाजी चलेको छ । विगतमा नेताहरुले जनतासँग सडक पु¥याउने वाचा गरेअनुसार यहाँका गाउँमा सडक पु¥याउने होडबाजी चलेको स्थानीयवासी बताउँछन् । रासस

Facebook Notice for EU! You need to login to view and post FB Comments!