Sep 30, 2023

भारतमा धेरै कोरोना संक्रमित हुने देश बन्यो

Jul 06 , 2020

एजेन्सी । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४२५ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १९ हजार ६९३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २४ हजार २४८ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७ लाख करिब पुगेको छ । भारतमा कुल संक्रमित ६ लाख ९७ हजार ४१३ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ । भारतले यसअघि तेस्रो स्थानमा रहेको रसियालाई उछिनेको हो । रसियामा ६ लाख ८१ हजार २५१ संक्रमित पुगेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म ४ लाख २४ हजार ४३३ जना ठिक भएका छन् भने २ लाख ५३ हजार २८७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १५ लाख ५९ हजार २१३ पुगेको छ भने मृतकको संख्या ५ लाख ३६ हजार ७८६ पुगेको छ ।

त्यस्तै विश्वभर ६५ लाख ३५ हजार ९०२ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!