Sep 23, 2023

नेकपा स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित

Jul 06 , 2020

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक बुधबारसम्मका लागि स्थगित भएको हो ।

पार्टीभित्र बढ्दै गएको विवाद समाधानको लागि शीर्ष नेताहरु छलफलमै रहेकाले बैठक स्थगित भएको नेकपाले जनाएको छ ।

नेकपाभित्रको विवाद मिलाउन आज पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ । हिजो पनि दुई अध्यक्षबीच छलफल भएको थियो । छलफल टुंगोमा नपुगे पनि सकारात्मक बन्दै गएको नेताहरुको भनाई छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!