Sep 27, 2023

निजी विद्यालयको आन्दोलन तत्कालका लागि स्थगित

Jul 06 , 2020

निजी विद्यालयले तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।  शुल्क उठाउन पाउनुपर्नेलगायतका माग राखेर प्याब्सन र एनप्याब्सनले आजदेखि वैकल्पिक शिक्षण सिकाइ बन्द गर्ने निर्णय गरेका थिए ।

आइतबार शिक्षामन्त्रीले बोलाएर तत्कालका लागि स्थगित गर्न आग्रह गरेपछि निजी विद्यालय आफ्नो निर्णयबाट पछि हटेका हुन् ।

‘मन्त्रीज्यूले अहिलेलाई स्थगित गर्नुहोस् । निजी विद्यालयको समस्या छिट्टै समाधान हुन्छ भनेपछि केही दिनका लागि स्थगित गरेका हौँ,’ एनप्याब्सन महासचिव सुवास न्यौपानेले भने, ‘वार्ता सकारात्मक नभए हाम्रो आन्दोलन यथावत् हुन्छ ।’

आइतबारको बैठकमा प्याब्सन, एनप्याब्सन, अभिभावक महासंघ, संस्थागत अभिभावक संघ, शिक्षक महासंघ संस्थागत शिक्षक युनियनका प्रतिनिधि सहभागी थिए ।