खुकुलो ‘लकडाउन’लाई ७ साउनसम्म लम्ब्याउने निर्णय
Jun 29 , 2020

सरकारले हालकै अवस्थालाई आगामी ७ साउनसम्मलाई लम्ब्याउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हाल जारी खुकुलो लकडाउनलाई आगामी ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारले यसअघि १ असारदेखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियाे । सरकारले चरणबद्धरूपमा लकडाउनलाई खोकुल्लो बताउँदै जाने नीति लिएको थियो । नेपालमा गत वर्ष ११ चैतदेखि लकडाउन लागू गरिएको थियो ।
यस्तै, हवाइ उडान र सीमा नाका पनि ७ साउनसम्म लम्ब्याउन निर्णय भएको बैठकपछि एक मन्त्रीले जानकारी दिए ।