ओलीलाई एक पद छाड्न दबाब दिने रणनीतिमा नेपाल

गत १० असारदेखि जारी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा जारी छलफलको मोडेल आगामी दिनमा परिवर्तन हुने सम्भावना देखिएको छ ।
५ दिनमा सिमाना र निशान छाप संशोधनलगायतका विषयमा मात्रै छलफल भएको र अझै त्यो विषयमा बोल्न वरिष्ठ नेताहरू बाँकी रहेको हुँदा छलफलको मोडेल परिवर्तन गर्ने सम्भावना देखिएको हो ।
जारी स्थायी समिति बैठकमा सीमा समस्या, सरकारका कामअन्तर्गत कोभिड–१९ नियन्त्रण, उपचार र रोकथाम तथा अन्य कामकारबाही, पार्टी एकीकरणको बाँकी काम र एमसीसीलगायतका विषय एजेन्डामा छन् ।
‘छलफलका विषयका एजेन्डाहरू धेरै भएको तर विषयगत रूपमा जाँदा झन्डै १ महिनासम्म लाग्ने हुँदा छलफलको मोडेल परिवर्तन गर्ने भनिएको छ,’ स्थायी समिति सदस्य देवेन्द्र पौडेलले शिलापत्रसँग भने, ‘महासचिवज्यूलाई छलफलको मोडेल परिवर्तन गर्न स्थायी समितिमा अनुरोध गरिएको छ, शायद अब परिवर्तन होला ।’

उनका अनुसार विषयगत रूपमा सबैले धारणा राख्दै जाँदा बैठक महिनौँसम्म चल्ने भएकाले मोडेल परिवर्तनका लागि सचिवालयलाई सुझाव दिइएको छ ।
पहिलो दिन अर्थात् १० असारमा प्रधानमन्त्री ओली र कार्यकारी अधिकारप्राप्त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धारणा राखेर स्थगित गरिए पनि १२ र १३ असारको बैठकमा भने ओली उपस्थित भएका थिएनन् ।
निशान छाप परिवर्तनका लागि प्रधानमन्त्री ओलीले संविधान संशाेधनका लागि प्रस्ताव ल्याएकोमा प्रशंसा गर्दै असल कूटनीतिक माध्यम प्रयोग गर्न सुझावसमेत दिइरहेका छन् ।
स्वास्थ्य र प्रधानमन्त्रीबाट हटाउने खेलबारे सोधिने
कार्यकारी अधिकारप्राप्त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको स्वास्थ्यको समस्या देखाउँदै एक पद छाड्ने विषय उठाउने भएका छन् ।
‘पछिल्ला दुई दिनको बैठकमा प्रधानमन्त्री स्वास्थ्यकाे कारण देखाउँदै बैठकमा उपस्थित पनि हुन सक्नु भएन, जसका कारण पार्टी र सरकारका कामले गति लिन सकेको देखिँदैन,’ नेपालनिकट एक नेताले भने, ‘अब स्वास्थ्यका कारणले पनि उहाँले एक पद छाडनु उचित देखिन्छ ।’
उनका अनुसार एक व्यक्ति एक पदले पार्टी एकीकरणको काम पनि सम्पन्न हुने र सरकारले पनि गति लिन सक्नेछ ।
त्यसो त, नेकपाको एकलौटी बहुमत रहेका बेला प्रधानमन्त्री ओलीले १४ असारमा ‘आफूलाई हटाउन देशी विदेशी शक्ति लागिपरेको’ भन्ने अभिव्यक्तिको पनि स्पष्टीकरण सोधिने तयारी प्रचण्ड–नेपाल समूहले गरेका छन् ।
‘संसदको गणितले पनि उहाँलाई अहिले हटाउन सक्ने भनेको नेकपाले मात्रै हो, के विदेशी शक्तिहरू नेकपाका नेतालाई प्रयोग गरिरहेका छन् त ? यसको जवाफ माग्नुपर्छ, हाेइन भने हचुवामा बोल्नु हुँदैन्,’ दाहालनिकट एक नेताले भने ।
प्रधानमन्त्रीलाई क–कसले हटाउन लागिपरेका छन् ? त्यसको जवाफ स्थायी समिति बैठकमा सोधिनेछ भने प्रधानमन्त्री ओलीले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्नेछ ।
गुटका बैठक हुनै छाडे
स्थायी समिति बैठक नबोलाएको भन्दै दिनदिनै गुटका बैठक बस्ने गरेको नेकपाभित्रको नजिर यसपटक भने नेकपामा गुटका बैठक भएको देखिँदैन ।
व्यक्तिगत रूपमा भेटघाट गर्ने र राय लिने काम गरे पनि गुटका बैठक भने क्रियाशील हुन सकेका छैनन् । ‘पुरानै एजेन्डा र पोजिसन यथावत् भएकाले गुटका बैठकहरू बस्न आवश्यक छैन,’ अर्का नेताले भने, ‘प्रचण्ड–नेपाल समूह यथोचित स्थानमा छन् भने ओली समूह पनि यथोचित स्थानमा छन्, जसका कारण गुटका बैठक नभएका हुन् ।’
दुवै समूह ‘पोजिसन क्लियर’ गरेर बसेकाले गुटका बैठक आवश्यक नभएको दुवै पक्षको भनाइ छ ।