भारतलाई ओलीको चेतावनी– मलाई प्रधानमन्त्रीबाट हटाउँछु भनेर नसोच्नु

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउँछु भनेर नसोच्न चेतावनी दिएका छन्। आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ नक्सा छाप्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भनेर नसोच्न चेतावनी दिएका हुन्।
उनले यसअघि पारवहन सम्झौता गर्दा आफ्नो सरकार ढलेको स्मरण गर्दै भने, ‘यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ।
उनले आफुलाई हटाउन कसैले हतार नगरे हुने बताए। उनले नयाँदिल्लीका मिडिया, बौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन के–के भइरहेको छ भन्ने देखाइरहेको बताए।
एक सय ४६ वर्षसम्म उपभोग गरेको जमिन १९६२ देखि उपभोग गर्न नपाएको भन्दै उनले ५८ वर्षदेखि खोसिएको भूमी फिर्ता लिएरै छोड्ने उनले बताए।