Sep 23, 2023

सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु थप सामग्री

Jun 25 , 2020

चट्याङ लागेर सप्तरीमा ४ जनाको मृत्यु भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर छुट्टाछुट्टै ठाउँमा ४ जनाको मृत्यु भएको हो ।

जिल्लाको महदेवा गाउँपालिकामा २, राजगढ गाउँपालिकामा १ र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए । उनका अनुसार चट्याङ लागेर मृत्यु हुनेमा २७ वर्षीय बेचन यादव, ६० वर्षीय छेदी ठाकुर, ३० वर्षीया ललितादेबी यादव र ४६ वर्षीय केसी साह रहेका छन् ।

यादव र छेदी ठाकुरको सप्तकोशी नदीमा नुहाउन गएका बेला र ललितादेवी यादव र केसी साहको खेतमा काम गर्न गएका अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रवक्ता भारतीले जानकारी दिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!