Mar 19, 2023

पश्चिमाञ्चल अस्पतालका इमर्जेन्सी बाहेकका सेवा बन्द

Jun 25 , 2020

कोरोना संक्रमितको मृत्यु भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरिएको छ । कोरोनाबाट स्याङ्जाका ५५ वर्षीय पुरुषको मृत्यु भएका कारण शव व्यवस्थापन गर्नु पर्ने भएकाले बिहीबारका लागि सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

उनका अनुसार शुक्रबारबाट भने सबै सेवा नियमित सञ्चालनमा आउने छन् । उपचारका लागि यही ८ असारमा पोखरा आएका स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको बुधबार राति मृत्यु भएको हो ।

चिनी रोग र निमोनियाबाट पीडित ती पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखेर उपचारका क्रममा बुधबार राति ११ः३५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यो सहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि स्याङ्जा वालिङ नगरपालिका–३ का ५८ वर्षका पुरुषको २५ जेठमा क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।

गण्डकीमा अहलिेसम्म ७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ९१ जना निको भएर घर फर्किएका छन् । कोरोनाबाट मृत्यु भएका व्यक्तिको ‘ट्राभल हिस्ट्री’ छैन कोरोनाका कारण मृत्यु भएका ५५ वर्षीय व्यक्तिको कुनै पनि ‘ट्राभल हिस्ट्री’ नभएको पाइएको छ । सिरुबारीमा किराना पसल गर्दै आएका ति व्यक्तिमा कसरी कोरोना संक्रमण भयो अहिलेसम्म पत्ताा लाग्न नसकेको स्याङ्जा स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद पौडेलले बताए ।

‘घर र व्यवसाय फरकफरक ठाउँमा भएकाले कहाँबाट कोरोना स¥यो भन्ने पत्ता लाग्न सकेको छैन,’ उनले भने, ‘अहिले उनीसँग सम्पर्कमा आएका ४० जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!