May 30, 2023

शीर्ष नेतालाई शीतल निवासमा राष्ट्रपतिको रात्रिभोज थप सामग्री

Jun 24 , 2020

संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज दिने भएकी छन् । नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्रिभोजका लागि निम्तो गरेकी हुन् ।

रात्रिभोजका लागि प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्दसहित महन्थ ठाकुरलगायतका नेतालाई निम्तो गरिएको स्रोतले बताएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!