Sep 23, 2023

नेकपा स्थायी कमिटी : एमसीसीसहित ४ विषयमा हुँदै छ छलफल थप सामग्री

Jun 24 , 2020

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहित ४ वटा एजेन्डामा छलफल हुने भएको छ । कोभिड–१९ उपचार, रोकथाम तथा नियन्त्रण, उपचारसहित, नेपालको सीमा समस्या र समाधान सबन्धमा, पार्टी एकताका बाँकी कार्यभारसहित एमसीसीलगायतका विषयमा छलफल हुन लागेकाे हाे ।

गत पुस १५–१९ को केन्द्रीय कमिटी बैठकले एमसीसीका बारेमा सचिवालयलाई निर्णयकाे अधिकार दिएकाले स्थायी कमिटीमा लैजान आवाश्यक नभएको भन्ने अध्यक्ष केपी शर्मा ओली र सचिवालयमा हल गर्न नसकेपछि यसबारे स्थायी कमिटीमा लैजानुपर्ने प्रचण्डको मतका कारण बिहानसम्म एजेन्डा तय हुन सकेको थिएन ।

तर, बैठक सुरू हुनुअघि अध्ययक्षद्वय ओली–प्रचण्ड र महासचिव विष्णु पौडेलको संयुक्त छलफलपछि अन्तिममा स्थायी कमिटीमा सो एजेन्डा तय भएको नेकपाका एक स्थायी कमिटी सदस्यले बताए । उनका अनुसार सरकारको काम कारबाहीको समीक्षा भने बैठकको कार्यसूचीमा राखिएको छैन ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!