Sep 23, 2023

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा कोरोना  थप सामग्री

Jun 24 , 2020

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएको छ । प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीको पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्यकर्मीमा कोरोना भाइरसको पुष्टि भएपछि प्रतिष्ठानले आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. मंगल रावलले जानकारी दिए ।

‘सेवा प्रवाह गरिरहेको खण्डमा संक्रमणको जोखिम बढ्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरिएको छ, ‘उनले भने, ‘स्वास्थ्यकर्मीमा संक्रमण देखिएकाले प्रतिष्ठानमा कार्यरत सबैको कोरोना परीक्षण हुनेछ ।’ कोरोना संक्रमण भएका स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ गरिने निर्देशक डा.रावलले बताए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!