व्यबसायीका व्यथा : ऋणको व्याज र घरभाडाले उठीबास लगाउने भयो

लामो समयको लकडाउनका कारण आम मानिसको जनजीवन अस्त व्यस्त हुन थालेको छ । यो समयमानीजि क्षेत्र र विशेषगरी गरीखाने बर्ग भने अत्यन्तै मारमा परेको छ । बन्द सटरको भाडा, बन्द अबस्थामा रहेका गोदामहरु, व्यबसायीक घरहरुको भाडा नै चिन्ताको विषय बन्न थालेको छ । त्यसमाथि व्यबसायीका कतिपय सामानहरु विग्रिएका छन् । बन्द व्यबसायको कर्जाको व्याज अनि आफू पनि बसेको घरको भाडा । बल्ल तल्ल आँट गरेर बैंकबाट कर्जा लिएर व्यबसाय गरेकाहरु त अझ बढी तनाबमा छन् । ‘पसल, कार्यालय बन्द छ, घरभाडा तिर्नुपछ, खुलेपछि पनि व्यबसाय हुँदैन, बन्द गर्न लकडाउनले दिएन’ एक व्यबसायीले आफ्नो समस्या बताए । ‘कार्यालयको भाडा र घरको भाडा तिर्न पनि नसक्ने अबस्था छ, खुलेपनि तत्काल व्यबसाय संचालन हुँदैन’ उनले बताए । न्यूरोड, पुतलीसडक सुन्धारा लगायत सपिङ कम्प्लेक्स र व्यबसायीक प्रयोजनका लागि लिइएका घर भाडा महंगो छ । त्यसो त ट्रेनिङ इन्स्टिच्यूट, कन्सल्टेन्सी, मेनपावर, इभेन्ट म्यानेजमेन्ट, पार्टी प्यालेसहरु, फिल्म हलहरु, नाट्य क्षेत्रहरु, रात्रीकालीन मनोरंजन क्षेत्र सबैभन्दा बढी लामो समयसम्म ठप्प रहने अनुमान छ । मानिसहरु भेला हुन नसक्ने अबस्थाले गर्दा उनीहरुमध्ये अधिकाँसले व्यबसाय बन्द गर्न खोजेका छन् । तर लकडाउनका कारण सामान उठाउने अबस्था समेत छैन । जसका कारण बन्द गर्ने व्यबसाले पनि घरभाडा तिर्नुपरेको अबस्था छ । समस्या सबैतिर छ, सबैको छ । तर विशेषगरी भाडामा व्यबसाय संचालन गर्ने र गरीखाने बर्गको उठीबास लाग्ने अबस्था छ । नीजि क्षेत्रमा जागिर गर्ने कैंयौंको जागिर धरापमा छ । सरकारले नीजि क्षेत्रका कुरालाई महत्व नदिँदा नीजि क्षेत्र थप समस्यामा छ ।
व्यापार व्यबसायमा तनाव
यसले ब्यापार ब्याबसाय गरेर आफ्नो कर्म गरिरहेका ब्यापारि ब्याबसायिहरु लकडाउन लम्बिदै जाँदा अप्ठ्यारोमा पर्न थालेका छन् । व्यबसायीक सटर दुईमहिना देखि बन्द गरेर घरमै बस्नु पर्दा ऋणको भार बढ्दै गएकोमा ब्याबसायिहरु समस्यामा परेका छन् । कतिपयको उठीबास लाग्ने अबस्था छ । ऋणको ब्याज मिनाहा देखि पुनर्कर्जाको ब्याबसायिले माग गरेपनि सरकारले सम्बोधन गर्ने पर्यास समेत गरेको छैन । यसबाट ब्यापारि ब्यनबसायिहरु सरकार देखि निकै रुष्ट बनेका छन् । न्यूरोड र आसपासका व्यबसायीको संस्था राष्ट्रिय व्यापार संघले घर भाडामा छुट तथा बैंकवित्तबाट लिएको ऋणको ब्याज मिनाहा र पुनर्कर्जाको माग गरेको छ । संघका अध्यक्ष कमल अग्रवाल र महासचिव बैकुन्ठ दाहालले पटक पटक यसबारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । तथापी सरकारले वास्ता नगरेको र व्यबसायीका कुरा नसुनेको संघका महासचिव बैकुन्ठ दाहालले गुनासो गरे ।
समस्या सबैतिर
धनी र शक्तिशाली देशहरूमा पनि अस्पताल, स्वास्थ्यकर्मी, मास्क, औषधिहरूको अभाव भइरहेको छ । यही समस्या हाम्रो देशमा पनि छ । संक्रमण रोकथाम गर्न, सम्भावित संक्रमितलाई जाँच्न र उपचार गर्न हर सम्भव प्रयास भइरहेको छ । सरकारी विभाग र मिडियाद्वारा सुरक्षित साथ, संक्रमित मानिसहरुसंँग संक्रमण वा सम्पर्क को सम्भावना छ कि भनेर जाँच्न सन्देश निरन्तर प्रसारित भइरहेको छ । यस समस्यासँगै आर्थिक समस्या र ऋणको बोझ बढ्ने अर्को ठुलो समस्या छ । विशेष गरेर ऋणको भरमा व्यबसाय गर्नेहरु बढी प्रभावित भएका छन् ।
करोडौले बेरोजगारको सामना गर्दै
कोरोना संक्रण र लकडाउनका कारण सन्सारमा करोडौ मानिसले रोजगार गुमाउने भएका छन् । कैयौं मुलुकहरुमा लकडाउनको समय अवधि अझै लम्बीने अबस्था सृजना भएको छ । जसले गर्दा बेरोजगारीको संख्या यकिन गर्न सकिने अबस्था छैन । तर संयुक्त राष्ट्र संघको श्रमिक इकाई अन्तर्रािष्ट्रय श्रम संगठन (आईएलओ) का अनुसार जुन महिनाभर सम्म करीव ३०.५ करोड मानिसको सधैको लागि जागीर जान सक्ने सम्भावना रहेको छ । कोरोना भाइरस महामारीको कारण संगठनले जागीर जान सक्नेको पूर्वानुमान फेरी बढाएकोे हो । नेपालमा पनि बेरोजगारको समस्या चुलीने देखिएको छ । अर्थैतन्त्र धानेको नीजि क्षेत्रका उद्योग, व्यबसाय पूर्ण रुपमा ठप्प छन् ।