Sep 30, 2023

जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

May 30 , 2020

काठमाडौँ । सरकारले जारी राखेको लकडाउनको अवधि आगामी जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिमलाई मध्य नजर गर्दै सरकारले चैत १० गतेदेखि हालसम्म लकडाउन जारी राखेको छ ।

नेपालमा हालसम्म १४०१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ७ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएर घर फर्किसकेका छन् ।

साथै सरकारले हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द गर्ने निर्णय गरेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!