Oct 26, 2021

अमेरिकी फौजीभन्दा कैयौँ गुणा हानिकारक सलह, एकैपटक ३५ हजारलाई खान पुग्ने खेतीमा आक्रमण थप सामग्री

May 30 , 2020

किसानलाई फौजी कीराले दुःख दिइरहेका बेला सलह कीरा बालीनाली नष्ट गर्ने जोखिम बढेको छ । गत वर्षदेखि अमेरिकी फौजी कीराले तराईसँगै पहाडमा बालीनालीमा क्षति पुर्‍याउँदै आएको छ ।

अफ्रिकी मुलुकहरू केन्या, सोमालिया, तान्जानिया, युगान्डा, दक्षिणी सुडान, डिबोटी, इथियोपिया, इरान र पाकिस्तान हुँदै भारतसम्म सलह कीराको प्रकोप फैलिएको छ । भारतमा सलह कीराका प्रकोप फैलिएसँगै नेपालमा भिक्रिने जोखिम बढेसँग कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रोकथाकका लागि प्रयास सुरु गरेको छ ।

चीनमा कोरोना भाइरसको त्रास फैलिनुभन्दा पहिला अफ्रिकी महादेशका केही देशहरू केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न बालीमा एक प्रकारको फट्याङ्ग्रा देखा परेको थियो । त्यो फट्याङ्ग्रालाई नेपालीमा सलह कीरा भनिएकोे हो ।

अमेरिकी फौजी कीराभन्दा सलह कीराले धेरै गुणा क्षति गर्न सक्ने सक्छ। यो कीरा नेपालमा सम्भावित प्रवेश चुनौतीका रूपमा रहेको छ । नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आँकलन हुँदैगर्दा यही खतरनाक कीरा सलहको प्रवेश हुन सक्ने र त्यसले नेपालको कृषि खेती प्रणालीलाई चौपट पार्न सक्ने विज्ञहरूको अनुमान छ ।

रोकथामका लागि प्रयासरत : कृषि मन्त्रालय 

सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गत साता नै गठन गरेको छ । कृषि मन्त्रालयले उक्त कीराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गरेको जनाएको छ ।

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतमा बालीनाली नोक्सानी पुराउन थालेको सलह कीराका बारेमा अध्ययन रोकथामका उपायका बारेमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए । सरकारले सलहको रोकथामका लागि कस्तो काम गर्ने सकिन्छ भनेर भारतसँग सीमा जोडिएका कृषि विज्ञ र सरोकारवालासँग छलफल गरिरहेको प्रवक्ता डा केसीले बताए ।

‘नेपालमा पश्चिमी दिशाबाट यो फट्यांग्रा भित्रिनसक्ने कृषि मन्त्रालयले जनकारी दिएको छ । यो कीराको धेरै प्रभाव सुदूरपश्चिमका जिल्लासँगै कर्णाली, प्रदेश ५ र पूर्वी जिल्लामा पार्न सक्ने मन्त्रालयले जनाएको छ’ उनले भने, ‘भारतीय सीमासँग तराईका जिल्ला सबैभन्दा नजिक भएकाले असारदेखि लगाइने धानबालीमा धेरै सलह कीराले ठूलो नोक्सानी पुर्‍याउँछ भने विषयमा केन्द्रीत भएर काम गरिरहेको छौँ । सोहीअनुसार योजना बनाएर रोकथामका लागि काम गर्ने तयारी भइरहेको छ ।’

एकैपटक ३५ हजारलाई खानपुग्ने बाली नष्ट गर्ने क्षमता

३५ हजारलाई खान पुग्ने संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनको तथ्यांकअनुसार साधारणतया सलह कीराले प्रतिदिन २ ग्रामसम्म खान सक्छ । १ किलोमिटरको हुलमा हुने सलहको करिब ४ देखि ८ करोड संख्याले ३५ हजार जनालाई १ दिनमा पुग्ने खाना नष्ट गर्नसम्ने अनुमानसहित सचेत हुने आग्रह गरेको थियो । सलह हुलमा दौडिने एक प्रकार फट्याङ्ग्रा कीरा भएको र यो कीरा बालीनालीका लागि निकै हानिकार हुने राष्ट्र संघले जनाएको थियो ।

सलह कीराले भारतमा साढे ५ लाख हेक्टर क्षेत्रफलमा लगाइदिएको बालीलाई पूर्णरूपमा क्षति परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको राजस्थान, पञ्जाब, हरियाणा, गुजरात र उत्तर प्रदेशमा सलह कीराले ठूलो मात्रमा बालीनालीमा क्षति पुर्‍याएको भारतीय सञ्चारमाध्य हिन्दुस्तान टाइमले जनाएको छ ।

यी क्षेत्रमा सलहले ठूलो क्षेत्रफलमा लगाइएको गहुँ, तोरी, कपास, मकै, मेवा, तरकारीका परिकार, फलफूलसँगै नगदेबालीमा पूर्णरूपमा नोक्सानी पुराएको भारतको कषि अनुसन्धान विभागले जनाएको छ । भारतले सलह कीराको प्रकोप नियन्त्रण छिमेकी देशलाई समेत सचेत गराएको छ ।

फौजीभन्दा सलह फट्याङ्ग्रा धेरै नष्टकारी

पहिल्लो समय फौलिएको सलह कीरा गत वर्ष आएको फौजी कीराभन्दा नष्ट गर्ने क्षमता भएको विज्ञहरूले बताएका छन् । फौजी कीराभन्दा धेरै उडन सक्ने र वालीनालीमा आक्रमण गर्ने क्षमता भएको उनीहरूले जानकारी दिएका छन् ।  सलह फट्याङ्ग्रा केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपिया भारतलगायत २५ देशमा फैलिएको छ ।

३ महिनाको अवधिमा यो फट्याङ्ग्राले खाद्यान्न बालीमा ठूलो नोक्सानी पुर्‍याएको छ । जलवायु परिवर्तनका कारणले सलह कीरामा जनसंख्या आठ हजार गुणासम्म बृद्धि भएको राष्ट्र संघको अध्ययनमा भनिएको छ ।

सलह कीराको आकार विगतमा अफ्रिका, मध्यपूर्व र एसियाली खाडी मुलुकहरूमा देखिएको भन्दा २० गुणा ठूलो आकारमा भारत हुँदै उडन थालेको त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक प्रेमबहादुर बुढा बताउँछन् । सलहले अमेरिकी फौजी कीराभन्दा धेरै बालीनालीको क्षति गदै सर्ने गरेको सहप्राध्यापक बुढाले बताए ।

‘सलह कीरा उड्दै जाँदा बाटोमा पर्ने खाद्यबाली मात्र होइन रूखविरुवा, बुट्यान, झाडी, डाँठ सबै सखाप पार्दै अघि बढिरहेको पाइएको छ । वातावरणमा भएको सुख्खापनले यिनीहरूको जनसंख्या ह्वात्तै बढेको र यसको प्रकोप लामो समयसम्म रहने देखिन्छ’ उनले भने, ‘नेपाल विगतका वर्षमा भन्दा यो साल धेरै पानी परिरहेका कारण सलह कीरा प्रवेश गर्ने सम्भावना कम देखिएको छ । एउटै समूहमा ४ देखि ८ करोड संख्यामा हुने भएकाले ३५ हजार मानिसलाई खान पुग्ने खाना एक दिनमै नष्ट गर्न सक्छन् ।’

सलह कीरालाई पानी र तरल पदाथर्कको प्रयोग गरेर रोक्नुपर्ने विभागका सहप्राध्यापक बुढाले बुझाइ छ । सलह कीरा रोक्न प्रकृषि उपाय खोज्नुपर्ने उनको सुझाव छ ।

यस्तो हुन्छ सलह फट्याङ्ग्रा

सलह कीरा रैथाने खालको हुन्छ । यो फट्याङ्ग्रा कमलो र हरियो बोटबिरुवामा केन्द्रीत भएर समूहमा बनाएर बालीनालीमा प्रवेश गर्छ । सलह साधारण फट्याङ्ग्रा प्रजातिको कीरा हो । यो कीराले जमिनको तल बालुवामा ६०–८० वटाको समूहमा अण्डा पार्ने सक्ने क्षमता हुन्छ ।

सलह जीवनभरमा तीन पटकसम्म अण्डा पार्ने गरेको विभिन्न अध्ययनमा देखाइएको छ । सलहको पछाडिका खुट्टा दह्रा र मोटा हुन्छन् । यो कीरा सामूहिक रूपमा बस्ने गरेका छन् । दिनमा भन्दारातमा बालीमा पसेर नष्ट गदै आएका छन् । सलह कीरालाई तातो र न्यानो हावापानीमा धेरै डुल्ने गर्छन ।

सलहले बालुवामा अण्डा पार्छन् । समुद्रीको हावाले टाढाटाढासम्म उडाएर पुराउने गरेको छ । यो कीरा लामो समयसम्म हावामा उड्न सक्दछ र ५ हजार किलोमिटर १० दिनमा पुग्ने गरेको छ । सामूहिक उडेका बेला बास बस्दा धेरै बालाीनाली नष्ट गर्ने गरेको विज्ञहरूले बताएका छन् ।

सलहले एक सयदेखि १ सय ३० किलोमिटरसम्म समूह बनाएर हिँड्छन् । जहाँ धेरै हरियो र उसले चल्ने खुटटा दुख छ त्यहाँ नै सामुहिक रुपमा बस्ने गरेको छ । यो कीरा हरियो र कहिलो बालीनालीमा लार्भा र चिप्ले कीरा जस्तो टाँसिएर खान्छ । २ पटकमा कहिलो र हरियो बालीनाली प्वाल पर्ने मुख छिराएर टाउको लुकाएर बस्छ ।