Sep 26, 2023

सांसद विकास काेष खारेज गराैं, म पनि भत्ता लिन्‍नँ : प्रवक्ता श्रेष्ठ

May 27 , 2020

काठमाडाै‌ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोष खारेज गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत सोमबार नेता श्रेष्ठले कम्तीमा एक वर्षका लागि भए पनि कोष खारेज गर्नुपर्ने उल्लेख गरेका हुन्।  उनले उक्त कोषमा भएको रकम रोजगारी क्षेत्रमा लगाई राष्ट्रिय लगानी गर्नुपर्ने बताएका हुन्।

उनी राष्ट्रिय सभा सदस्यसमेत हुन्।  उनले भनेका छन्, त्यसैगरी म फेरि जोड दिएर भन्न चाहान्छु, सांसद विकास कोष कम्तीमा आगामी वर्षका लागि खारेज गरेर त्यो रकम रोजगारीकेन्द्रित राष्ट्रिय योजनामा लगानी गरौं । समग्र राष्ट्रिय हित र आवश्यकताको कोणबाट सोचौं।’  यसअघि उनले सार्वजनिक खर्च कटौती र मितव्ययी, चुहावट र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताएका थिए। साथै उनले पुँजीगत खर्च कायन्वयनको क्षमता बढाउन बुद्धिमानी हुने बताएका छन्।

यसका लागि उनले एक वर्षसम्मको लागि राष्ट्रिय सभा र समितिको बैठक भत्ता नलिने घोषणासमेत गरेका छन्।  पछिल्लो समय कोरोना महामाहीबाट देशको आर्थिक अवस्था खस्किने र उद्योगधन्दा कलकारखानालगायत क्षेत्रमा रोजगारी गुम्ने भन्दै विज्ञद्वारा चिन्ता व्यक्त गर्न थालिएको छ। साथै सत्ता बाहिर तथा सत्तारुढ कतिपय सांसद तथा नेतालहरुले सांसद विकास कोषलाई रोजगारी क्षेत्रमा लगाउनेपर्ने बताउँदै आएका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!