May 31, 2023

सरकारलाई राजश्व बुझाउने अवधि जेठ २५ सम्म थपियाे

Apr 30 , 2020

सरकारलाई बुझाउनुपर्ने विभिन्न शिर्षकका राजश्व तिर्ने अवधि जेठ २५ सम्मका लागि बढाइएको छ। वैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयलाई राजश्व बुझाउनुपर्ने अवधि बढाउन सिफारिस गर्ने निर्णय गरेको हो।

जसअनुसार गत फागुन र चैत महिनाको मासिक मूल्य अभिवृद्धि कर, माघ–फागुनको द्वैमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर दाखिल गर्ने म्याद जेठ २५ सम्म थप गरिनेछ।

फागुन र चैत महिनाको अन्तःशुल्क दाखिल गर्ने म्याद पनि जेठ २५ सम्म थपिने निर्णय भएको छ। आयकर ऐनबमोजिम फागुन र चैत महिनामा बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद आगामी जेठ २५ सम्म तोकिएको छ। आयकरअन्तर्गत चैत महिनामा बुझाउनुपर्ने यस आवको संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम दाखिल गर्ने म्याद जेठ मसान्तसम्म थप्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।