२ बजे मन्त्रीपरिषद बैठक बस्दै, मोडालिटी र लकडाउन थप गर्नेबारे निर्णय हुनसक्ने
Apr 26 , 2020

मन्त्रीपरिषदको वैठक आज अपरान्ह दुई बजे बस्ने भएको छ। वैठक प्रधानमन्त्री निवास केपी ओलीले बालुवाटारमा अपरान्ह २ बजेका बस्ने जानकारी मन्त्रिपरिषद श्रोतले दिएको छ। श्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको मोडालिटी र त्यसलाई थप्नेबारे निर्णय गर्ने अनुमान छ।
हिजो बसेको उच्च स्तरिय समन्वय समितिको बैठकले १ साताका लागि लकडाउन थप्न सुझाव दिएको थियो।
त्यस्तै समितिले संक्रमणको जोखिम नभएका ठाउँहरुमा उच्च सतर्कताका साथ विकास निर्माणका काम गर्न सकिने समेत भनेको थियो।
सरकारले पछिल्लो पटक थपेको म्याद सोमबार सकिदैंछ।