Oct 26, 2021

समुद्री तटको अलौकिक मन्दिरः जसको सुरक्षा विशालु सर्पले गर्छ

Apr 11 , 2020

एजेन्सी । त्यसो त नेपाल, भारतलगायत संसारभर मंन्दिरहरुको कुनै कमी छैन । तर मुस्लिम देश इन्डोनेशियामा रहेका केही मन्दिर निकै विशेष मानिन्छन । यसमध्यको एक हो ‘तनाह लोत मन्दिर’ । तनाह लोतको अर्थ समुद्री भूमि हुन्छ ।

हो, यो मन्दिर समुद्रबीचको तटमा अवस्थित छ । मन्दिर सागर तटमा रहेको एक ठूलो चट्टानमा बनेको छ । यो चट्टानको निर्माण हजारौँ वर्षसम्म समुद्री पानीको ज्वारबाट भएको क्षयबाट भएको अनुमान गरिन्छ ।

यो अनौठो र आकर्षक मन्दिर बन्नुको कथा पनि निकै रोचक छ । जसको जानकारीले मानिसहरुलाई हैरान बनाइदिन्छ । यो मन्दिरलाई तनाह लोत मन्दिरका नामले चिनिन्छ । जो इन्डोनेशियाको बालीमा छ । यो मन्दिर बालीमा सागर तटमा बनेका ती सात मन्दिरहरुमध्ये एक हो, जसलाई श्रृंखलावद्ध रुपमा बनाइएको थियो । यी मन्दिरहरुको विशेषता छ कि, हरेक मन्दिरबाट अर्को मन्दिर प्रस्ट र दुरुस्त देखिन्छ ।

यो मन्दिर जुन शिलामा स्थापना गरिएको छ, त्यो १९८० मा कमजोर बनेर भत्किन थालेको थियो । जसका कारण मन्दिर र आसपासको क्षेत्रलाई खतरनाक घोषणा गरिएको थियो । पछि जापान सरकारले यसलाई जोगाउन इन्डोनेशियाई सरकारलाई सहयोग गरेको थियो । त्यसपछि चट्टानको करिब एकतिहाई भागलाई कृत्रिम चट्टानले ढाकेर नयाँ रुवरुप दिइएको थियो ।

भनिन्छ कि तनाह लोत मन्दिरको निर्माण १५ औँ शताब्दिमा निरर्थ नामका पुजारीले गराएका थिए । समुद्री तटको किनारै किनार हिँड्दै जाँदा सन्यासी निरर्थ यो ठाउँमा पुगेका थिए । यहाँको सुन्दरताले उनलाई मोहित बनायो । उनले यही स्थानमा रात बिताए ।

तिनै पुजारी निरर्थले आसपासका मछुवारलाई यस ठाउँमा समुद्र देवताको मन्दिर बनाउन आग्रह गरेका थिए । अचेल यो मन्दिरमा पुजारी निरर्थको पनि पूजा गरिन्छ ।

भनिन्छ कि पापी आत्मा र खराब मानिसबाट यो मन्दिरको रक्षा यस शिलाको मुनी बसिरहेको विशालु र खतरनाक सर्पले गर्ने गर्छ । मानिन्छ कि पुजारी निरर्थले आफ्नो शक्तिबाट एक विशालु समुद्री सर्पलाई जन्म दिएका थिए । जो आज पनि यही मन्दिरको सुरक्षामा तैनाथ छ ।