Sep 26, 2023

कोरोना कोषमा एलआईसी नेपालको ५१ लाख

Apr 07 , 2020

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले ५१ लाख रुपैयाँ योगदान गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा” सो रकम जम्मा गरेको हो ।

५१ लाख रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दास, नायव प्रमुख कार्यकारी अधिकृत टी वर्णवाल र वित्त विभाग प्रमुख विपिनकुमार लालले हस्तानान्तरण गरे

Facebook Notice for EU! You need to login to view and post FB Comments!