Jun 23, 2021

संक्रमणबारेका २1 फिल्म जुन लकडाउनमा अत्याधिक हेरियो

Apr 06 , 2020

काठमाडौँ । कोरोना भाइरसका कारण घरमै लकडाउनमा बसेका मानिसहरू भाइरस सम्बन्धी सिनेमाहरू अत्याधिकरुपमा हेरिरहेका छन् । यसरी जे कुराको त्रास छ त्यही विषयका सिनेमा हेर्ने प्रवृतीहरुलाई मनोविज्ञहरुले काउन्टर ईन्ट्यिूटिभा टेन्सी भन्ने गरेका छन् । कतिपय अवस्थामा मानिसहरूलाई पीडाबाट बाहिर  निकाल्न एक्पोजर थेरापीको रूपमा समेत मनो चिकित्सकहरुले जे विषयमा मानिस दुखमा परेको हो त्यही विषय सर्वत्र देखाइदिने पनि गर्ने गर्दछन् ।

उदाहरणको रूपमा यदि कोही मानिस सर्पको नाम सुन्दै आत्तिन्छ भने त्यसको हातमा सर्प थमाई दिने विधि हो । अहिले मानिसहरू कोरोना भाइरसबाट यति बढी त्रसित छन् की यस्तै प्रकारका महामारीका विषयमा बनेका सिनेमाहरू हेर्दा उनीहरूलाई एक ढङ्गले त्रासबाट थोरै भए पनि बाहिर निकाल्न सकिन्छ । अर्थात्, तनाव कम गर्न यो विधि सहायक बन्न सक्छ ।

त्यसैले यहाँ त्यस्ता २५ वटा चर्चित र अहिले विश्वभरिका मानिसहरूले हेरिरहेका सिनेमाहरूको चर्चा गरिएको छ । जुन तपाईँलाई समेत समय व्यातित गर्न र मानसिक तनावबाट नजानिँदो ढङ्गले बाहिर निकाल्न सहायक बन्न सक्छ ।

डेब्रेकर्स (१९९३)
यो एक साईन्स टेक हरर फिल्म हो । यसमा प्लेगको कारण त्यसबाट संक्रमित मानिस पिशाचमा परिणत हुन्छ । अनुसन्धानबाट के देखिन्छ भने मानिसको रगत नै परिवर्तन गरेपछि मात्रै बाच्न सकिने हुन्छ । एक जना हेमाटोलोजिस्टले त्यस विरुद्ध काम गर्छन् ।

१२ मङ्कीं (१९९५) 

यो पनि साईन्स थ्रिलर हो । यसमा संसार एउटा रोगबाट चपेटामा परेको र मानव निर्मित रोगका कारण सबै मानव जाति नै नष्ट भएको देखाइएको छ । ब्रोस विल्स, ब्रान्ड पिट लगायतले यसमा अभिनय गरेका छन् ।

आउट ब्रेक (१९९५) 
यो फिल्ममा एउटा खतरनाक संक्रमण अमेरिकाको क्यालिफोर्निया सहरमा फैलिएको देखाइएको छ । जसलाई अर्को महाधीबाट बाँदरले अमेरिका ल्याएको हुन्छ । त्यहाँको सेनाको डाक्टरले त्यो भाइरसको उपचार खोज्छन् । डस्टिन हाफ मेन, रेने रुसो र मोर्गन फ्रिमेनले यसमा अभिनय गरेका छन् ।

द फ्याकल्टी (१९९८) 
यो फिल्ममा एउटा विचित्रको घटनाहरुको श्रृखला पछि हेरिक्टन हाईको विद्यार्थीहरूले  उनीहरूको शिक्षक नै केही अनौठो रोगबाट संक्रमित भएको अनुमान लगाउँछन् । उनीहरूले यो संसारलाई एलिएनको डोमिनेशनबाट जोगाउनु पर्छ भन्ने ठानेर काम गर्दछन् ।

प्रेसिडेन्ट इभिल (२००२)
अम्रेला कर्पोरेसनको जैविक हतियारको विषयमा यो सिनेमा बनाइएको छ । स सिनेमाका फ्रेन्चाइजको रूपमा रेसिडेन्ड इभिल लगायतका ६ वटा फिल्म र भिडियो गेमहरु निर्माण गरिएको छ ।

२८ डेज लेटर (२००२) 
यो फिल्ममा एउटा रहस्यमय भाइरसले सयूक्त अधिराज्यलाई गाजेको देखाइएको छ । त्यहाँका बाचेका केही मानिसहरूले सो प्रकोप पछिको स्थितीमा कसरी काम गरे भन्ने विषय देखाइएको छ ।

डाउन अफ दी डेड (२००४)
यो सन् १९७८ मा बनेको फिल्मको रिमेक हो । संक्रमण पछि बाँचेका मानिसहरूको बारेमा यो सिनेमा छ । त्यहाँ संक्रमित मानिसहरूले मानिसलाई नै खाने गरेको देखाइएको छ ।

चिल्ड्रेन अफ मीन (२००६)
यसमा १८ वर्षसम्म त्यो मुलुकमा बच्चा नै नजन्मिएको देखाइएको छ । जसले कतै मावन जाति नै सकिने  त होइन भन्ने त्रास फैलाएको हुन्छ । त्यस्तोमा एउटी महिला अचानक गर्भवती बन्छिन् ।

द पेन्टेड भेल (२००६)
सन् १९२० मा लेखिएको एउटा पुस्तकमा आधारित यो फिल्ममा एक जना वैज्ञानिकलाई उनकी श्रीमतीले धोका दिएको कथा छ । ती वैज्ञानिककी श्रीमती अर्कै मानिससँग सम्बन्धमा रहन्छिन् । पछि त्यो जोडी नै चीनमा जान्छ र त्यहाँ छाडा पखालाको महामारीसँग जुध्छ ।

आई एम लिजेन्ट (२००७)
एक प्रकारको प्लेगले लगभग सबै मानिस मार्छ । र बाँकी मानिसहरू पनि राक्षसमा परिणत हुन्छ । तर न्योर्क सहरको एउटा बाँचेको मानिसले त्यसको औषधीको खोजी गर्छ ।

द ह्यापेनिङ (२००८)
यसमा एउटा साईन्सको शिक्षक, उसकी श्रीमती र छोरीले कसरी एक प्रकारको विषाक्तबाट मानिसहरूलाई बाहिर निकाल्न गरेको प्रयत्न देखाइएको छ । हावामा फैलिएको विषाधीले मानिसहरूलाई आत्महत्या गर्न प्रेरित गरिरहेका देखाइएको छ ।

क्वारेन्टाईन (२००८) 

यो फिल्म सन् २००७ मा बनेको स्पेनिस हरर फिल्म रेकको रिमेक हो । यसमा भाइरसबाट संक्रमित मानिसहरू तुरुन्तै लासमा परिणत हुने देखिएपछि केन्द्रीय रोग नियन्त्रण शाखाले एउटा भवनलाई नै क्वारेन्टाईनमा राखेको देखाइएको छ । जसमा एक जना रिपोर्टर र क्यामेरा पर्सन पनि तयसमा थुनिएका हुन्छन् ।

डूम्स डे (२००८)
यसमा रिपर नामक एउटा भाइरसबाट स्कर्ट ल्यान्डमा फैलिएको संक्रमणको उपचार गर्न खटिएको विशेष टिम कसरी त्यो सँग जुध्छ भन्ने देखाइएको छ ।

क्यारियर (२००९) 
चर जना साथीहरू एउटा महामारी पश्चात् अमेरिका जान खोज्छन् । तर त्यस मध्ये एउटा साथी भाइरसबाट संक्रमित भएको देखाइएको छ ।

द क्रयाजिज (२०१०) 
एउटा हवाईजहाज दुर्घटनामा परेपछि त्यसबाट एक प्रकारको डरलाग्दो भाइरस सबैतिर फैलिन्छ र त्यसबाट चार जना बाहेक अरू सबै मानसिक समस्यामा परेको देखाइएको छ ।

पर्फेक्ट सिन (२०११) 
एक जना महिला सेफ र एउटा निकै लजालु वैज्ञानिक प्रेममा पर्छन् । उनीहरूको स्नायु प्रणालीमा एक प्रकारको भाइरसले संक्रमण गरेको हुन्छ ।

कन्टाजियन (२०११) 
एउटा डरलाग्दो रोग सबै तिर फैलन्छ । जसबाट मानिसहरू मर्छन् । अमेरिकाको सिडीशीले त्यसको फैलावट रोक्न प्रयत्न गर्छ र अन्ततः सफलता प्राप्त हुन्छ । अहिले यो फिल्म अत्याधिकरुपमा हेरिएको छ ।

वल्ड वार जेड (२०१३) 
सयूक्त राष्ट्र सङ्घका एक पूर्व कर्मचारीले मानवता जोगाउनको लागि एक प्रकारको संक्रमणसंग गरेको सङ्घर्ष यसमा छ । ब्रान्ड पिले सो पात्रको भुमिक निर्वाह गरेका छन्।

वार्म बडिज (२०१३) 
यो सिनेमामा पे्रतआत्माले एउटी केटीलाई बताउने काम गर्दछ र उनीहरू बिचमा अनौठो सम्बन्ध विकास हुन्छ ।

फ्ल्यू (२०१३)
यो साउथ कोरियन फिल्म एच५ एन१ भाइरससंग सम्बन्धित छ । सिओल नजिक रहेको सहरमा यसको महामरी फैलिएको कथा फिल्ममा छ ।