Sep 28, 2023

संकटबाट मुलुकलाई जोगाउन पूर्व प्रधानमन्त्रीहरुसँग देउवाको वार्ता

Apr 05 , 2020

काठमाडौं । मुलुकलाई संकटको यो घडीबाट जोगाउन प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरूसँग ऐक्यबद्ध भएर काम गर्न अपिल गरेको जनाएका छन ।

आइतबार ट्वीट गर्दै पूर्वप्रधानमन्त्री देउवाले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुस्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा मन्त्रिपरिषदका पूर्व तत्कालीन अध्यक्ष खिलराज रेग्मीसँग फोनमा वार्ता गरेको जनाएका छन ।

कोरोनाको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल आफूले अपिल गरेको उनले ट्वीटमा जनाएका छन । ‘आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं, अपिल गरेको छु’, सभापति देउवाले ट्वीटमा लेखेका छन ।