Oct 24, 2021

मे बाट यूईएफए सुरु नभए जारी सिजनको अन्त्य हुने

Mar 29 , 2020

एजेन्सी । यूईएफएका अध्यक्ष अलेक्जान्डर सेफरिनले प्रतियोगिता मे बाट सुरु गर्न नसके जारी फुटबल सिजनको अन्त्य हुन सक्ने बताएका छन् । उनले बन्द रंगशालामै सिजनको अन्त्य हुन सक्ने बताएका हुन् ।

युरोपका आधिकांस लिगहरु कोरोना भाइरसका कारण स्थगित भएका छन् । यसै वर्षका लागि तय भएको युरो कप २०२० पनि एक वर्ष स्थगित भएको छ । “यदी हामी मे मा लिग पुनः सुचारु गर्न सफल भएनौ भने यस सिजनको फुटबल गुमाउने छौ,” यूईएफए अध्यक्ष अलेक्जान्डरले भने, “ए, बी र सी लिग पुनः सुरु गर्ने विकल्प मे वा जुनकोबीचमा हो । यदी त्यसो हुन नसके अर्को सिजनको सुरुवात फेरी हुन सक्ने सम्भावना छ । हामी लिग र क्लबका लागि राम्रो समाधान खोज्दैछौँ ।”

इग्ल्यान्डमा पनि ३० अप्रिलसम्मका लागि सबै फुटबल स्थगित गरिएका छन् । लिग पुनः सुरु गर्ने एक मात्र विकल्प हो बन्द रंगशाला ।

“बन्द रंगशालामा खेल सुरु गर्ने कल्पना मेरा लागि कठिन छ । खेल दर्शकसँगै या विना दर्शक सुरु गर्ने हामीलाई अहिलेसम्म थाहा छैन,” उनले भने, “यदी यही स्थिति आउँछ र कुनै विकल्प हुँदैन भने लिगको अन्त्य गर्नु उचित हुनेछ ।”