Jun 03, 2023

महामारीको बेला धेरै काम सोच्नुभन्दा घरमै बसौं : डी मारिया

Mar 29 , 2020

एजेन्सी । अर्जेन्टिनाका स्टार खेलाडी एन्जल डी मारियाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसविरुद्ध लड्न सबैले सजकता अपनाउन अग्रह गरेका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मुख्य खेलाडीका रूपमा रहेका मारियाले यस्तो अवस्थामा बाहिर गएर धेरै काम गर्ने सोच राख्नुभन्दा घरमै बसेर सजकता अपनाउनु राम्रो हुने बताएका छन् ।

“हामीले यस्तो समयमा धेरै काम गर्ने सोच बनाएका हुन्छौं । तर यस्ता काम केही घरमा पनि गर्न सकिन्छ । महामारीका समयमा घरमै रहनु उचित लाग्छ,” डी मारियाले भने ।

उनले यस्तो महामारीका बेलामा सबैले आफ्नो सुरक्षा आफैंले गर्दा नै सहज हुने पनि बताए ।