Mar 14, 2023

सरकारद्वारा कोरोनाबारे जानकारी दिने वेबपोर्टल एप सञ्चालन

Mar 28 , 2020

काठमाडौं । सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफे हेल्थ डट कम www.danphehealth.com सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचना उपलब्ध गराउनका लागि वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेमबहादुर कार्कीले शनिबारदेखि डाँफे हेल्थ डट कम सञ्चालनमा ल्याइएको बताए । उनले भने, ‘सूचना र ज्ञान सीप आदानप्रदान गर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार पारेका हौं । शनिबारदेखि यो लर्निङ पोर्टल पूर्ण रुपमा सञ्चालनमा आएको छ ।’

डाँफे हेल्थ डटकमबाट डाक्टर, स्वास्थयकर्मी तथा स्वास्थ्य क्षेत्रमा आवद्ध धेरै व्यक्तिको कोभिड १९ का बारेमा उत्पन्न जिज्ञासा तथा समस्या समधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताए ।

‘विश्व स्वास्थ्य संगठनले जसरी कोभिडको बिषयमा जानकारी दिइरहेको छ यसैगरी सरकारले यस वेवसाइटमार्फत कोभिड नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरुको ज्ञान र सिप आदनप्रादन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ,’ उनले भने ।

सञ्चालनमा ल्याइएको लर्निङ पोर्टलमार्फत सरकारले डक्टर तथा हेल्थ वकर्सहरुलाई अनलाइन ट्रेनिङको व्यवस्था समेत गर्ने जनाएको छ ।
डाँफे हेल्थ डकटकम लगइन गरेपछि कोभिड १९ मा क्लिक गरेर डाइरेक्ट लगइनमा क्लिक गरी युजर आईडी तथा पासवर्ड बिना लगइन गर्न सकिने आईमार्क डिजिटलका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।

एनका अनुसार लर्निङ पोर्टलबाट सर्वसाधारणका साथै स्वाथ्यर्कीहरुले पाउने सूचना तथा जानकारीहरु प्रमाणित सूचना मात्र हुने बताए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!