मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको बिमान चीन उड्यो
Mar 28 , 2020

काठमाडौं । मुलुकमा कोरोना संक्रमणको चौथो बिरामी फेला परिसकेको अवस्था छ । देशभरका अस्पताल, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी पीपीई बिना नै जोखिम मोलेर काम गरिरहेका छन ।
कोरोना परिक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामग्री देशभर उपलब्ध छैन । यही अभाव कम गर्ने उद्देश्यले कोरोनासँग सम्बन्धित मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको जहाज आज चीन उडेको छ । ए ३३० वाइडबडी जहाज चीनको ग्वाङ्झाउका लागि उडेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ बजे उडेको जहाज आजै राति सामान बोकेर काठमाडौं आइपुग्ने नेपाल एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सले चीनमा थप ३ कार्गो उडान गर्नेछ । जहाजमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोडमास्टरसहित १० जना सवार छन ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!