कोरोना कहरः दाना नपाएपछि किसानले खाल्डो खनेर पुरे कुखुराका हजार चल्ला

कैलाली । कैलालीका एक किसानले एक हजार बोइलर कुखुराका चल्ला खाल्डो खनेर पुरेका छन । बिश्वमा फैलिएको महामारी कोरोना भाइरसका कारण देश नै लकडाउन भएपछि कुखुराका चल्लालाई आवश्यक पर्ने दानाको अभावका कारण एक हजार वटा १८ दिनका कुखुराका चल्लालाई खाडलमा पुरिएको हो ।
१० वर्षदेखि कुखुरा ब्यबसाय गर्दै आएका कैलालीको गौरीगंगा नगरपालिका ६ बनबेहडास्थित भैरब पोल्टी फर्म सञ्चालक पदम साउँदले कुखुराका चल्ला खाल्डो खेनेर पुरेका हुन । १८ दिनसम्म दैनिक ६८ सयका दरले खाने गरेको चारोका कारण झण्डै डेढ लाख बराबरको दाना सकिएपछि उनले थप दानका लागि विभिन्न ठाउँमा सम्पर्क गरेको बताए ।
कहीँ पनि चारो नपाउने भएपछि आज बाध्य भएर सबै चल्ला खाडमा पुर्न बाध्य भएको साउँदले बताए । ुकम्पनी पुरै बन्द भैसक्यो भन्ने खबर आयो डिलरहरुमा कहि दाना भेट्टीएन, बाध्य भएर सबै पुरिदिएँ, ु कुखुरा ब्यबसायी साउँदले भने ।
एभरेस्ट बैंक अत्तरियाबाट १२ लाख ऋण लिएर सञ्चालन गरेको बोइलर कुखुरा फार्म ८५ हजारका कुखुराका चल्ला १ लाख ५० हजार बराबरको दाना र औषधि उपचार खर्च गरिसकेको उनले बताए ।