Oct 17, 2021

विदेश काम गर्न जान नपाउनेलाई सरकारले रोजगार दिने

Mar 19 , 2020

सरकारले कोरोनाभाइरसका कारण काम गर्न विदेश जान नपाएका नेपाली कामदारलाई रोजगार प्रदान गर्ने भएको छ।

सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमा विदेश काम गर्न जान नपाएकालाई सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी दिने बताए।

‘काम गर्ने चाहने व्यक्तिले नाम सूचीकृत गर्नुभयो भने सरकारले त्यस्ता व्यक्तिलाई रोजगार दिन्छ,’ मन्त्री खतिवडाले भने।

उनले अहिलेको अवस्थामा साना काम गर्न चाहनेलाई सरकारले रोजगार दिनसक्ने बताए। तर टेबल वर्क मात्र गर्छु भन्नेलाई सरकारले रोजगारी दिन नसक्ने उनले जनाए।

विभिन्न मुलुकले नेपाली कामदारलाई मुलुक प्रवेशमा रोक लगाएपछि धेरै मानिसहरू प्रभावित भएका छन्।