Mar 17, 2023

कोरोना संक्रमणबाट बच्ने हो भने यसकारण अस्पताल नजाऔं

Mar 19 , 2020

काठमाडौं । कोरोनाभाइरसका कारण अहिल विश्व नै त्रसित बनेको छ । हालसम्म हालसम्म एक सय ६५ भन्दा बढी मुलुममा संक्रमण देखिसकेको छ । नेपालमा कोरोनाभाइरस नदेखिएपनि यसबाट बच्न हामि सचेत हुन जरुरी छ । अति आवश्यक नपरी अस्पताल नजाउँ । बिरामी पुग्ने ठाउँ अस्पताल भएकाले कोरोनाभाइरस पनि अस्पतालमै हुने र अस्पतालमै फैलिने सम्भावना हुन्छ। १.प्रेसर, सुगर , दम जस्ता दीर्घरोग भएका र हाल औषधी प्रयोग गरिरहेका बिरामीहरु हाल फलोअपमा अस्पताल जानुको साटो हाल सेवन गरिरहेको औषधी सेवन गरिरहने गर्नु उत्तम हुन्छ।
२.महिनौँ बर्षौँ देखिका समस्या भएका बिरामी उपचार गराउन अस्पताल जान उचित समय यो होइन ।
३.सामान्य दुखाइ वा अन्य सामान्य समस्या मा नआत्तिई घरायसी वा अन्य सामान्य औषधी सेवन गरी केही दिन हेर्नु बुद्धिमता ठहरिन्छ।
४. महिनौँदेखि दुखिरहेको दाँत उखाल्न अस्पताल जान यो समय ठिक हैन
५. स्कुल, कलेज बन्द भएकाले मुसाकोठी हटाउने, कपाल रोप्ने जस्ता उपचार गराउन अस्पताल जान यो समय ठिक छैन।
६. होल बडी चेकअप गराउन अस्पताल जान त यो समय कुनै पनि हालतमा ठिक हुँदैहोइन।
७. बालबच्चाले खाना खान मन गर्दैनन् , मोटाएनन् , दुब्लाए , भन्दै केही रोग छ कि भनेर सल्लाह लिन अस्पताल जानलाई पनि यो उपयुक्त समय हैन।