Oct 22, 2021

ग्यास पसल र पेट्रोल पम्पलाई दुई लाख जरिवाना

Mar 18 , 2020

५ चैत, काठमाडौं । ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने दुई बिक्रेतालाई जनही दुई लाख रुपैयाँ जरिवाना गराएको छ ।

सत्याल एण्ड किराना पसल टीकाभैरव र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार २/२ लाख रुपैयाँका दरले जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागको अनुगमनका क्रममा सत्याल एण्ड किनाराले ग्यास तथा किराना सामानको कृत्रिम अभाव सिर्जना गरेको पाइएको विभागले जनाएको छ । यस्तै मैतीदेवी पेट्रोलियम सप्लायर्स मैतिदेवीले कृत्रिमअभाव सिर्जना गरेर इन्धन भण्डारण गरेको विभागले फेला पारेको थियो ।

बुधबार विभागको टोलीले १० वटा फर्म तथा सप्लायर्समा अनुगमन गर्दा ४ वटालाई जरिवाना गराएको विभागले जनाएको छ । कुनै पनि वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, तोकिए भन्दा बढी मूल्य लिने काम कुनै पनि व्यपारिक फर्महरुले गरे सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।

उपभोक्ताले ११३७ मा फोन गरेर विभागमा गुनासो गर्न सक्नेछन् ।

 

 

Source: https://www.onlinekhabar.com/2020/03/845185?utm_source=Facebook&utm_medium=FBpage1&fbclid=IwAR2dZiGxzqmmzmCz_O8Z-y9QoAY79KRaAdaZXx7s4uMcA3EkTYIQYyb_sN8