Oct 26, 2021

कोरोनाका कारण चीन-अमेरिकाको सुरु भयो ‘कोल्ड वार’

Mar 18 , 2020

काठमाडौं । विश्वलाई आतंकित पारिरहेको कोरोना भाइरसको विषयमा विश्वका दुई प्रमुख शक्ति राष्ट्र अमेरिका र चीनबीच तिखो घोचपेच सुरु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्डो ट्रम्पले मंगलवार सबेरै कोरोनालाई चिनियाँ भाइरस भन्दै ट्विट गरेपछि चीनको विदेश मन्त्रालयले आपत्ति जनाएको थियो ।

चीनले अमेरिकालाइ चीनलाई बदनाम गर्न र अनावश्यक गालि गर्नु भन्दा पहिले आफ्नो कुरामा ध्यान दिन चेतावनि युक्त जवाफ ट्विट मार्फत नै पठाएको थियो । चीनको वुहान सहरमा पहिलो पटक फेला परेको कोरोना भाइरस चीन विरुद्धको एउटा सडयन्त्र भएको भन्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनालाई सो भाइरस फैलाएको आरोप लगाएका थिए ।

गत शुक्रवार चीनले लगाएको यो आरोपबारे प्रतिक्रिया दिदै अमेरिकी विदेश मन्त्री माईक पम्पियोले चीनलाई यस्ता गलत सूचना नफैलाउन भनेका थिए । तर जब अमेरिकी राष्ट्रपतिले मंगलवार गरेको दोश्रो ट्विटमा समेत चिनियाँ भाइरस भन्ने शब्द दोहोर्याए पछि यो विषयले विश्वव्यापि चर्चा पाएको छ ।

१७ मार्चको विहान ४ बजेर ३६ मिनेट जादाँ पहिलो ट्विटमा अमेरिकी राष्ट्रपतिले ‘चाइनिज भाइरसबाट प्रभावित उद्योग, एयरलाइन्स र अन्य व्यवसायलाई अमेरिकाले साथ दिनेछ। हामी पहिलेभन्दा अझ बलियो बन्नेछौं।’ लेखेका थिए । पुनः साझँ ६ बजेर ७ मिनेट जादाँ ट्रम्पले अर्को ट्विटमा त्यहि चिनियाँ भाइरस भन्ने शब्द दोहोर्याए पछि अमेरिका र चीनबीच नयाँ शित युद्ध सुरु भएको विश्लेषण गर्न थालिएको छ ।

चीन र अमेरिकाबीचको यो आरोप प्रत्यारोपलाई गलत भन्दै विश्व स्वास्थ्य संगठनले यरो भाइरसलाई कुनै खास समुह वा क्षेत्रसंग जोड्नु नहुने चेतावनि दिएको छ । त्यसो त अमेरिकी विदेश मन्त्री पम्पियोले पटक पटक कोरोनालाई वुहान भाइरस भन्दै आएका छन् ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाको पछिल्लो प्रतिक्रियाबारे थप प्रतिक्रिया दिदै अमेरिकाले आफ्नो गल्ति सुधार्नु पर्ने र आधारहिन आरोप लगाउन छोड्नु पर्ने बताएका छन् । चिनियाँ समाचार एजेन्सी सिन्हाले ट्रम्पको भाषा नस्लवादि र भेदभावपुर्ण रहेको भन्दै यसबाट उनि एक गैरजिम्मेवार पुर्ण र असक्षम रहेको पुष्टि भएको टिप्पणी भएको छ ।

त्यसो त अमेरिका मै पनि ट्रम्पको आलोचना सुरु भएको छ । नियोर्कका मेयर विल डि ब्लासियोले ट्विट गर्दै राष्ट्रपतिको यस प्रकारको टिप्पणीले कट्टरवादिलाई प्रात्साहन गर्ने भन्दै असन्तुष्टि पोखेका छन् ।

 

Source https://aarthiknews.com/news/14560?fbclid=IwAR3CCvEBdSUUZTvVVCu835e1tNv7pJs6rtyYhwisBF0n26TAboorqHevwtU